२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराते च्याम्पियनसिपमा नेपाल उपविजेता



अ+ अ-

काठमाडौं । नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।

महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए ।

प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान १–१ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।

नेपालमा भएको सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।
श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बन्यो । भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो ।

तेश्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्यो । ३ स्वर्ण, ७ रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो । ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान १ रजत र ७ कांस्यसाथ पाँचौं र १ रजत र १ कांस्यसाथ भुटान छैटौं भए ।