४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो कारणले काठमाडौँ महानगरपालिकाको बजेट रोकिनु हुँदैनः सरोज गुरागाईं



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गुरागाईंले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै बजेटसँग काठमाडौं टावरलाई जोड्नु गलत रहेको बताएका छन् ।

उनले भने,  ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर साब तथा उपमेयरज्यु र जनप्रतिनिधिका निर्णयहरुमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु । तर, अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ, त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने लाग्छ । कसैले तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ।’

यस्तै, उनले काठमाडौं टावरको नक्शा पासको विषयलाई जोडेर आफूलाई लगाइदै आएको आरोपमा कुनै पनि सत्यता नभएको बताएका छन् । उनले भने, ‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी होस भन्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि । त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ । यदि तपाईँलाई कसैले विनाप्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नुहुन्छ ? आधिकारिक निकाय हुन्छ होला । उस्ले मेरो बारेमा छानविन गरिरहेको होला नि ?’