२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाउनुभएको छ ।

आईतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा लागिरहेको बताउनु भयो । वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व अध्यक्ष दाहालले गरिरहनुभएको बताउनु भयो ।

अध्यक्ष दाहाललाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीहरुले सहयोग गरिरहेको पनि बताउनु भयो । वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरु पनि रहेको उहाँको आरोप छ । तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको बताउनु भयो ।

सचिव महासेठले भन्नुभयो, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष मान्य पुष्पकमल दाहालज्युले गरिरहनुभएको छ । उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टीहरु पनि छन् । स्वतन्त्र सांसदहरु पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीहरु पनि छन् । त्यो सँगसँगै यो सरकारलाई यो गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही मान्यजीहरु पनि हुनुहुन्छ । जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा उहाँहरु क्रियाकलाप गरिरहनुभएको छ । मधेस प्रदेशका केही समानुपातिक सांसदहरु यो गठबन्धन बनेको दिनदेखि नै विदेशी शक्तिको आडमा यो गठबन्धनको विरोध गरिरहेको छ । तर उहाँहरुको विरोधले अहिलेसम्म यो सरकार प्रतिकुल अवस्थामा पुगेको छैन । किनभने अहिले नेपाली काँग्रेसका सभापति मान्य शेरबहादुर देउवाजी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बीचमा जुन एउटा तालमेल बनाएर दुई जनाको सोचअनुसार यो सरकार अघि बढिरहेको छ । ’

सचिव महासेठले देशमा अहिलेको भन्दा कुनैपनि गठबन्धनको विकल्प नरहेको बताउनु भयो ।