२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा एक व्यक्तिद्वारा आफ्नै परिवारका ४ जनाको हत्या



अ+ अ-

भोजपुर । भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका वडा नं. २ का राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।

राजेन्द्रले चारै जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले ससुरा बेलबहादुर गिरी, सासु बिन्दु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन ।

चार जनाको हत्या गरिसकेपछि उनले प्रहरीलाई आफैंले खबर गरेका थिए । उनले प्रहरीको कन्ट्रोल रुममा फोन गरेर आफूले चार जनाको हत्या गरेकाले पक्राउ गर्न आउन भनेका थिए । त्यसपछि तत्काल अस्थायी प्रहरी पोष्ट ओख्रेको प्रहरी टोली परिचालित भएको थियो ।

उनलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका १ हर्बुभन्ज्याङ भन्ने स्थानमा प्रहरीले फेला परेको थियो । उनी पेटमा धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेका थिए ।

राजेन्द्रले दुई वर्ष अघि प्रेम बिवाह गरेका थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।