४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित

अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
अ+ अ-

काठमाडाैँ । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसक्नुभएको छ, तर अझै स्थायी जागिर पाउन सक्नुभएको छैन् ।

स्वायत्त तथा बौद्धिक ड्राइभिङ प्रणालीका लागि महत्वपूर्ण मानिने ‘कम्प्युटर भिजन’ प्रविधिमा दक्ष पेलले कुनै समय जर्मनीका ठूला औद्योगिक कम्पनीमा सहजै अवसर पाउने अपेक्षा गर्नुहुन्थ्यो । तर युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा देखिएको सुस्त वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाले युवा इन्जिनियरलाई प्रभावित बनाएको छ ।

“धेरैजसो अवस्थामा आवेदन सीधै अस्वीकार हुन्छ,” ३० वर्षीय पेलले फ्रान्कफर्टमा एएफपीसँग भन्नुभयो, “मैले अहिलेसम्म एउटा मात्र अन्तर्वार्ता दिएको छु । मेरा साथीको अवस्था पनि यस्तै छ; एकजनाले त ६० भन्दाबढी आवेदन पठाइसकेका छन् ।”

‘स्वर्ण युग’ समाप्त

अत्याधुनिक प्रविधि र नवीन डिजाइनका लागि विश्वभर परिचित जर्मनीको कार उद्योग, जुन ठूलो मात्रामा निर्यातमा निर्भर छ, पछिल्ला वर्षमा कठिन अवस्थाबाट गुज्रिरहेको छ । चिनियाँ कार निर्माता कम्पनी बीवाइडी र एक्सपेङले विश्वको सबैभन्दा ठूलो अटो बजारमा जर्मन सवारीसाधन उत्पादकको हिस्सा घटाउँदै लगेपछि जर्मन कम्पनीले स्वदेश मै कठिन पुनःसंरचना गर्नुपर्ने अवस्था आएको छ । कोलोनस्थित आइडब्ल्यू आर्थिक संस्थानका यातायात अर्थशास्त्री थोमस पल्सका अनुसार, जर्मनीमा सवारीसाधन उत्पादन पछिल्ला वर्षमा उल्लेखनीय रूपमा घटेको छ ।

“दश वर्षअघि हामी वार्षिक करिब ६० लाख सवारीसाधन उत्पादन गथ्र्यौँ, अहिले यो सङ्ख्या ४० देखि ४२ लाखको आसपास स्थिर छ,” उहाँले भन्नुभयो, “अन्य युरोपेली देशको तुलनामा अवस्था राम्रो भए पनि पुरानो ‘स्वर्ण युग’ अब फर्किने छैन ।” यसैको सङ्केतस्वरूप जर्मनीभर फक्सवागनका कारखानाका कामदारले हालै विरोध प्रदर्शन गरेका छन् ।

कम्पनीले एक लाखसम्म रोजगारी कटौती गर्ने योजना बनाइरहेको समाचार सार्वजनिक भएपछि विरोध भएको हो । सङ्घीय रोजगार एजेन्सी (एफइए)का अनुसार सन् २०२५ सम्मको पाँच वर्षमा जर्मनीको समग्र रोजगारी केही बढे पनि अटोमोटिभ क्षेत्रमा भने रोजगारी आठ प्रतिशतले घटेको छ । जर्मन उद्योग समग्र रूपमा चीनबाट आएको प्रतिस्पर्धाको दोस्रो चरणको दबाब सामना गरिरहेको छ ।

कम लागतका उत्पादनबाट टाढा सर्दै उच्च प्रविधियुक्त वस्तु उत्पादनमा केन्द्रित जर्मन कम्पनी पहिलेको बलियो निर्यात बजार गुमाउँदै गएका छन् । जर्मनीको कुल निर्यात गत वर्ष एक दशमलव ५६ ट्रिलियन युरो पुगेको थियो, जुन सन् २०२२ को उच्च बिन्दुको तुलनामा करिब दुई प्रतिशत कम हो । सोही अवधिमा चीनतर्फको निर्यात भने करिब एक चौथाइ घटेर ८१ दशमलव तीन अर्ब युरोमा सीमित भएको तथ्याङ्क कार्यालय डेस्टाटिसले जनाएको छ ।

युवा इन्जिनियरमा बढ्दो चुनौती

टायर निर्माता तथा औद्योगिक आपूर्तिकर्ता कन्टिनेन्टलको अटोमोटिभ व्यवसायमा तालिम पूरा गर्नुभएका पेलले कम्पनीमा भइरहेको पुनःसंरचनाले आफ्नो रोजगारी सम्भावनामा असर पारेको बताउनुभयो । “मैले काम सुरु गर्दा नै कम्पनीका विभिन्न भाग पुनःसंरचना भइरहेको देखिन्थ्यो,” उहाँले भन्नुभयो, “अनुभवी सहकर्मीहरू बाहिरिँदै गरेको देख्दा त्यहाँ नयाँ व्यक्तिलाई अवसर पाउने सम्भावना कम हुने महसुस हुन्थ्यो ।” जर्मनीको प्रतिष्ठित आरडब्ल्यूटीएच आचेन विश्वविद्यालयकी करियर सेवा प्रमुख आन्जा रोबर्टका अनुसार, उत्कृष्ट विद्यार्थीले अहिले जागिर पाउन लामो समय कुर्नुपर्ने अवस्था आएको छ ।

“विद्यार्थीहरू हामीकहाँ आएर भन्छन्, मैले ३० वटा आवेदन दिएँ, तर कुनै प्रतिक्रिया पाइनँ । आखिर समस्या के हो” उहाँले भन्नुभयो, “अब बीएमडब्ल्यूजस्ता कम्पनीमा आवेदन दिँदैमा जागिर सुनिश्चित हुँदैन ।” एफइएका अनुसार, गत वर्ष योग्य इन्जिनियरको बेरोजगारी दर तीन दशमलव आठ प्रतिशत पुगेको थियो, जुन सन् २०२२को तुलनामा करिब ५० प्रतिशतले बढी हो ।

यद्यपि केही इन्जिनियरले अवसर पाउन सफल भएका छन् । इलेक्ट्रिकल इन्जिनियर लुका लिन्सेनले महिनौँको खोजीपछि यसै महिना ह्याम्बर्गमा सफ्टवेयर परामर्शदाताका रूपमा काम सुरु गर्नुभएको छ । “इन्जिनियरिङ अध्ययन गर्दा हामीलाई डिग्री पूरा हुनुअघि नै जागिर सुनिश्चित हुन्छ भन्ने विश्वास दिलाइएको थियो,” उहाँले भन्नुभयो, “यदि तपाइँ इन्जिनियरिङ पढ्न चाहनुहुन्छ भने, प्रविधिप्रतिको रुचि र लगावका कारण पढ्नुहोस् । केवल राम्रो आम्दानी वा जागिरको सुनिश्चितताका लागि मात्र यो क्षेत्र रोज्नु उचित हुँदैन ।”