२९ श्रावण २०८३, शुक्रबार
,
Latest
आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना



अ+ अ-

काठमाडाैँ । २१३ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना गरिएको छ ।लायन्स क्लब अफ काठमाडौ होली स्माईल र  युराशिया रेयुकाई ११ औँ शाखाले संयुक्त रुपमा उक्त कविगोष्ठी आयोजना गरेको हो । कविगोष्ठीमा ३० भन्दा बढी कविले आ–आफ्ना कविता सुनाउनुभएको थियो ।

प्रतियोगात्मक महिला कवि गोष्ठीमा अनुश्री आचार्य प्रथम हुनुभयो भने अम्बिका नेपाली दोस्रो, सुमित्रा बजगाईं तेस्रो र ललिता दोषि चौथो हुनुभएको थियो । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि युराशिया रेयुकाई ११ औँ शाखाका जिम्मेवार शिबुचो रोशनकृष्ण न्याछ्यौँ र लायन्स क्लब अफ काठमाडौं होली स्माईलकी अध्यक्ष रुपा कार्कीले नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगिताको निर्णयक मण्डलमा साहित्यकारत्रय राजेन्द्र सलभ, भवानी खतिवडा र रञ्जना निरौला रहनुभएको थियो । कविगोष्ठीमा कविता वाचन गर्ने कविहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । यस्तै सोमबार २१३ औँ भानु जयन्ती विविध कार्यक्रम गरि मनाईँदैछ ।–न्युज एजेन्सी नेपाल