५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा जारी, टस हारेपछि नेपाल बलिङमा



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा अहिले नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा जारी छ ।

मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा भइरहेको फाइनलमा नेपालले टस हारेपछि पहिले बलिङ गर्नुपरेको छ । सिंगापुरले ब्याटिङ गरिरहेको छ ।

नेपाल साविक विजेता पनि हो । उपाधि रक्षा गर्ने लक्ष्य नेपालको छ । नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा समेटेको थियो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

प्रतियोगितामा नेपाल अपराजित छ । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमश: सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।