२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी राजमार्गमा थप एक महिना रातिको समयमा सवारी चलाउन रोक



अ+ अ-

काठमाडौँ । बीपी राजमार्गमा रातिको समयमा थप एक महिना सवारी चलाउन रोक लगाइएको छ ।

शुक्रबार एक सुचना जारी गर्दै जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकले साँझ ६:३० देखि बिहान ५ बजेसम्म थप एक महिनासम्म बीपी राजमार्गमा यात्रुबहाक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ जानकारी दिए ।

यसअघि असार ६ गते सिन्धुलीको खुकोर्टमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड) मा १५ दिनका लागि रातिको समयमा गाडी चलाउन निषेध गरेको थियो ।

राजमार्गमा बाढीरपहिरोजस्ता विपदजन्य घटनाको जोखिम कायम रहेकोले सुरक्षा समितिको निर्णयअनुसार रातको समयमा यातायात सञ्चालन रोक लगाउने समय थप गरिएको जारी सूचनामा उल्लेख छ ।