२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या



अ+ अ-

अर्घाखाँची । क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख आत्महत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीका अनुसार विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको जानकारी दिए।

उनि विद्यालय परिसरमा रहेको खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । २६ जेठमा पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रिपोर्ट अझैसम्म आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। 

पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ।

नगरप्रमुख अधिकारीले स्वावको रिपोर्ट नआउँदासम्म शव त्यतिकै रहने बताए।

उक्त क्वारेन्टिन गाउँमै रहेको कारण अहिले घटनास्थलमा परिवार तथा आफन्तहरुको रूवाबासी चलेको छ।