२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य

क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या

क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या
अ अ+ अ-

अर्घाखाँची । क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख आत्महत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीका अनुसार विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको जानकारी दिए।

उनि विद्यालय परिसरमा रहेको खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । २६ जेठमा पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रिपोर्ट अझैसम्म आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। 

पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ।

नगरप्रमुख अधिकारीले स्वावको रिपोर्ट नआउँदासम्म शव त्यतिकै रहने बताए।

उक्त क्वारेन्टिन गाउँमै रहेको कारण अहिले घटनास्थलमा परिवार तथा आफन्तहरुको रूवाबासी चलेको छ।