२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाइँ शुरु भो, मल छैन



अ+ अ-

सर्लाही । जिल्लामा धान रोप्ने समयमा मल अभाव भएपछि किसान चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार हुँदा मल नपाएपछि उनीहरु चिन्तित बनेका छन् । 

केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका उनीहरुले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ । 

बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन नसकेको जनाइएको छ । उनीहरुले नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्दथे  । यस वर्ष कुनै उपाय नभएको उनीहरुको भनाइ छ । 

जिल्लामा अहिले मलको अभाव रहेको सो लिमिटेडका प्रमुख बज्रमणि लामाले बताउनुभयो । उहाँको अनुसार धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता रहेको र अहिले संस्थानमा करीब एक सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया बाँकी रहेको छ । “अहिलेलाई डिएपीको माग बढ्दो रहेको छ । गोदाममा भएकोले एक–दुई गाउँलाई पनि पुग्दैन ।  साउनतिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ । माग गरेका छौँ । आयो भने सहज हुन्छ । ” उहाँले भन्नुभयो ।