२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यहि महिनाभित्र मेलम्चीको पानी सुरुङभित्र परीक्षण हुन्छ : मन्त्री मगर



अ+ अ-

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले यहि महिनाभित्र मेलम्चीको पानी सुरुङभित्र परीक्षण गरिने बताउनुभयो ।  

राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले लामो समयसम्म आयोजना सम्पन्न नहुँदा देशबासीलाई निराश बनाएको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्र खानेपानी वितरण गर्ने वैकल्पिक व्यस्था अनुसारको कार्यक्रम भौतिक रुपमा सम्पन्न गरी अर्को आर्थिक वर्षमा सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘असारको पेरिफेरीमा टन्नेलभित्र पानी टेष्टिङको प्रकृयामा अगाडी बढ्नेछ । त्यो सकिएपछि सुन्दरीजलमा झार्ने छौँ । र यता आएपछि केयुकेएलले वितरण गर्ने छ । सुन्दरजलमा झरेपछि काठमाडौंबासीको घरमा स्वच्छ पानी जानेमा संका नगर्न आग्रह गर्दछु ।’

अहिलेको अवश्यकता अनुसार क्वारेन्टाइन तथा होल्डिङ सेन्टरहरुमा स्वच्छ खानेपानी सरसफाईको काम तिव्र गतिमा अगाडी बढेको उहाँले बताउनुभयो ।