२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर



अ+ अ-

काठमाडौँ । माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो ।

चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ ।

महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिनुभयो । “फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो”, उहाँले भन्नुभयो । नयाँ हेलिकप्टरसँगै कम्पनीसँग तीन हेलिकप्टर भएका छन् ।

महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताउनुभयो । कम्पनीले यसअघि एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर ल्याइएको हो ।