१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानको संयोजकत्वमा राप्रपाद्वारा उपनिर्वाचन परिचालन समिति गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनलगायत विषयमा छलफल गरेको छ ।

बिहीबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जिल्ला समितिलाई आवश्यक प्रक्रिया र तयारी गर्न निर्देशन दिएको छ ।

उक्त क्षेत्रमा उठ्नका लागि सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । २०८२ असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

साथै उपनिर्वाचनको तयारीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ ।

परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरू र आमन्त्रित सदस्यहरू सदस्य रहनेछन् ।

यस्तै, बैठकले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । साथै, बैठकले भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकका पनि टिप्पणी गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भदौ दोश्रो साता काठमाडौँमा बस्ने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।