१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताउनुभएको हो ।

उहाँले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले कायम गरेको हैकमलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताउनु भयो । समाजवादको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद रहेको बताउनु भयो । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटो, राष्ट्रिय पुँजीको विकासको बाटो अहिले भर्खरै सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन । गर्नुपर्ने भनेको हामीले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले जो हैकम कायम गरेका छन्, त्यसलाई नियन्त्रण र नियमन गर्ने हो । भ्रष्टाचारका विरुद्ध, दलाल पुँजीवादका विरुद्ध नेपाली जनताको, नेपाली समाजको अहिले समाजवादी निर्माणको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद नै हो । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई जसरी कब्जा गर्ने प्रक्रिया चलेको छ । समाजवादका ठूला ठूला कुरा गर्ने त एउटा भयो, व्याख्या गर्नेकुरा एउटा भयो । व्याख्या धेरै भयो, मुख्य भनेको बदल्ने कुरा हो ।’

अध्यक्ष दाहालले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने, विकृत नोकशाही, दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई वामपन्थी नै भनिएको र त्यसविरुद्ध लड्नेलाई पनि वामपन्थी नै भन्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।