२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपोटिजमको शिकारमा कलिउडका कलाकार



अ+ अ-

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या नेपोटिजमको प्रतिफल भएको प्रसंग उठेसँगै नेपाली चलचित्र क्षेत्रमा पनि नेपोटिजमको कुरा उठाइएको छ ।

चर्चित अभिनेत्री कंगना रनावतसहित अन्य कलाकारले बलिउडमा नेपोटिजमले जरा गाडेको जनाएका छन् । भिनेत्री कंगना रनावतले भर्खरै समाजिक संजालमा नेपोटिजमकै कारण अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको हो भन्ने तर्क दिएसंगै सो भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । यस्तै, नेपाली नायिका वर्षा शिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा भएको पनि नातावादका कारण आफू पनि डिप्रेसनमा गएको बताएकी छन् । कलकारको क्षमता भन्दा पनि नतावाद हेरेर कलाकारको छनौट गरिने गरेको शिवाकोटीले जनाएकी छन् । नायिका नम्रता सापकोटाले पनि नेपाली चलचित्र क्षेत्रमा ‘परिवारवाद’ ले जरा गाडेको जनाएकी छन् । क्षमता भएका कलाकार भन्दा पनि आफ्नालाई प्रार्थमिकता दिने गरिएको उनी बताउछिन् ।

यस्तै, चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी भने नेपालमा नेपोटिजम भन्दा पनि नेप्टोजम र चेप्टोजम हावी भइरहेको बताउँछन् । ‘भारतमा परिवारवादको कुरा उठेसँगै नेपालमा पनि सुरु भएछ । हाम्रोमा नेपोटिजम होइन, नोप्टोजम र चेप्टोजमको समस्या छ । गलत मान्छेहरू यही दाउरोमा भात पकाउँछन् ।’ दिपकराज गिरीले फेसबुकमा पोष्ट गरेका छन् ।