२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) द्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल



अ+ अ-

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको सचिवालय बैठक असार १३ गतेदेखि नै जारी रहेको र आज छोटो समय बसेर स्थगित गरेको बताउनु भयो । सचिवालयका केही सदस्यहरुमा भएको स्वास्थ्य समस्याका कारण बैठक लामो समय बस्ने नसकेको उहाँको भनाइ छ । बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमँर नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रिय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित ग¥यौँ । सचिवालय सदस्यहरुको स्वास्थ्य समस्या आएका कारणले अरु समय बस्नसक्ने अनुकुलता भएन । हामी यो बैठक आउँदो २२ गते ११ बजे बस्नेछौँ । समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरुको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भयो ।’

उहाँले पार्टीको आगामी सचिवालय बैठक असार २२ गते बस्ने जानकारी दिनुभयो ।