५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा सर्वोच्च संवैधानिक इजलास बस्दै



अ+ अ-

काठमाडौँ। संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्ध दायर रिटमाथि फैसला सुनाउन सर्वोच्च अदालतको संवैधानिक इजलास आज मध्यरातमा बस्ने भएको छ।

पहिले जेठ २८ मा सुनाउने तय गरिएको फैसला असार १८ मा सारिएको थियो। यद्यपि, आज पनि फैसला सुनाइने समय अबेर हुन सक्ने संकेत छ। कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मीहरू इजलासमा उपस्थित छन् भने सुरक्षा व्यवस्था निकै कडा गरिएको छ।

दिनभर प्रधानन्यायाधीशसहित न्यायाधीशहरू छलफलमा व्यस्त रहेको र केही समयमै उनीहरू इजलासमा फर्केर फैसला सुनाउने तयारीमा रहेको सर्वोच्च स्रोतले जनाएको छ।