२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामाथि नेपालको फराकिलो जित, साम्बाको लगातार ह्याट्रिक



अ+ अ-

काठमाडौँ । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले हराएको हो । नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै, गीता रानाले दुई, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे ।

यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । उक्त खेलमा पनि कप्तान साम्बाले एक्लै चार गोल गरेकी थिइन् । यता श्रीलङ्काले भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो गोलको हार ब्यहोरेको थियो ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।