१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छः काँग्रेस नेता आचार्य



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो रहेको उहाँको टिप्पणी छ । उहाँले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विश्व अर्थतन्त्रको हिसावले छिमेकी देशहरु चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ । आर्थिक एजेण्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ । नेपालमा अब लोकतन्त्रको लडाईको मुद्दा छैन । अब एउटै मुद्दा छ–यो देशलाई तिब्र गतिले विकासमामा लैजाने । यो किन पनि जरुरी थियो भने राष्ट्रियतासँग पनि जोडिएको छ । छिमेकी देश भारत विश्वकै तेस्रो ठुलो अर्थतन्त्र भएको देश बन्ने प्रक्रियामा पुगेको छ । दोस्रो ठुलो अर्थतन्त्र छिमेकी मुलुक चीन छ । यी दुई देशहरुलाई एकीकृत गर्न छाडेर अनावश्यक टिप्पणी र बहस गर्नमा बस्यौं भने कसरी हामीले हाम्रो देशको अस्मिताको रक्षा गर्न सक्छौं ? देशको राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि हामीले उर्जावान युवाहरुको उपयोग गर्न जरुरी छ । यसरी युवाहरुलाई विदेशमा प्रयोग हुन बाध्य पार्ने जुन काम भएको छ यसले देश कसरी अगाडि बढ्छ ?’

आर्थिक सुधार र  रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने उहाँको भनाइ छ ।