२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाउन निर्देशन



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाएर अध्ययन गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ ।

समितिको बुधवारको बैठकमा समितिको तर्फबाट सभापति रामहरि खतिवडाले कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाएर अध्ययन गर्न सभामुखसँग आग्रह गर्ने निर्णय समितिले गरेको बताउनुभएको हो ।

उहाँकाअनुसार संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को दफा ८२ मा निजामति कर्मचारी र अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले २ वर्ष अवधि पूरा नभइ कुनैपनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भन्ने विषयलाई समितिबाट विधेयकको प्रतिवेदन तयार पार्दा निष्क्रिय गर्ने र गराउने गरी समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने क्रममा भएको कार्य कानून निर्माणका हिसावले षड्यन्त्रपूर्ण र दुर्भाग्य हो ।

उक्त कार्यमा कोको व्यक्ति कति गल्ती र अपराध हो त्यसमा उच्चस्तरीय संसदीय छानविन समिति बनाउन राज्य व्यवस्था समिति व्यवस्था मिलाउन संघीय संसदका सभामुखसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘मिति २०८२ असार १५ गते संघीय संसद प्रतिनिधि सभामा प्रश्तुत भइ सर्वसम्मत पारित भएको संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० का दफा ८२ को उपदफा ३ पछि उपदफा ४ थपि कायम गरिएको उपदफा ४ मा निजामति कर्मचारी र अन्य कर्मचारीको सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले २ वर्ष अवधि पूरा नभइ कुनैपनि संवैधानिक वा सरकारी नियुक्ति पाउनेछैन भनि समितिको प्रतिवेदनमा व्यवस्था गरेको र पारित गरेको यो विषयमा आजको बैठकअनुसार पारित भएको विषय हो ।

उक्त दफा ४ लाई निष्क्रिय गराउने गरी सोही विधेयकको उपदफा ४ पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा ५ राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारणले यो विधेयक समितिको उपदफा ४ ले गरेको व्यवस्थालाई र भावनालाई कुठाराघात हुनेगरी उपदफा थपि पारित भएको कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त ८२ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पारित गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ मा आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिनुहुन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरियो । संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को दफा ८२ मा निजामति कर्मचारी र अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले २ वर्ष अवधि पूरा नभइ कुनैपनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भन्ने विषयलाई समितिबाट विधेयकको प्रतिवेदन तयार पार्दा निष्क्रिय गर्ने र गराउने गरी समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने क्रममा भएको कार्य कानून निर्माणका हिसावले षड्यन्त्रपूर्ण र दुर्भाग्य देखिएको हुँदा उक्त कार्यमा कोको व्यक्ति कति गल्ती र अपराध हो त्यसमा उच्चस्तरीय संसदीय छानविन समिति बनाउन राज्य व्यवस्था समिति व्यवस्था मिलाउन संघीय संसदका सभामुखज्युलाई अनुरोध गरियो ।’ समितिले २०८२ असार १५ गते संघीय संसद प्रतिनिधि सभामा प्रश्तुत भइ सर्वसम्मत पारित भएको संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० का दफा ८२ को उपदफा ३ पछि उपदफा ४ थपि कायम गरिएको उपदफा ४ मा निजामति कर्मचारी र अन्य कर्मचारीको सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले २ वर्ष अवधि पूरा नभइ कुनैपनि संवैधानिक वा सरकारी नियुक्ति पाउनेछैन भनि समितिको प्रतिवेदनमा व्यवस्था गरेको र पारित गरेको यो विषयमा आजको बैठकअनुसार पारित भएको र उक्त दफा ४ लाई निष्क्रिय गराउने गरी सोही विधेयकको उपदफा ४ पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा ५ राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारणले यो विधेयक समितिको उपदफा ४ ले गरेको व्यवस्थालाई र भावनालाई कुठाराघात हुनेगरी उपदफा थपि पारित भएको बताएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त ८२ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पारित गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ मा आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरेको ।