२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्योः सांसद घिमिरे



अ+ अ-

काठमाडौँ ।  नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताउनुभएको छ ।

बुधवारको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरुलाई आम नागरिकले गिज्याइरहेको बताउनु भयो ।

उहाँले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरु पनि यसको छानविनको दायरामा आउने बताउनु भयो । उहाँले यो घटना सामान्य नभएको बताउँदै सिंगो सदनको अवहेलना भएको बताउनु भयो । सांसद घिमिरेले अधिकार सम्पन्न छानविन समिति निर्माण गरेर दोषीउपर कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हौँ भन्न पनि लाज लाग्न थाल्यो । नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन । समितिको मात्र होइन, सिंगो संसदको अवहेलनाको काम गर्नुभएको छ ।’

सांसद घिमिरेले आम नागरिकले सांसदहरुले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरुको बेइज्जत गरिएको बताउनु भयो ।