• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

गायक प्रताप दास र मिलन अमात्यको पहिलो ‘वेवी शावर’ गीत सार्वजनिक (भिडियो सहित)



गीतकार दुर्गा खनाल घिमिरे को वेवि शावर (Baby Shower) का लागि रचेको गीत सम्ववत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई D4 Youtube channel ले बजारमा ल्याएको छ ।

परिवारमा सबैभन्दा बढी खुशी त्यतिबेला हुन्छ जुनबेला आफ्नो उत्तरदायित्व लिने बच्चा आमाको कोखमा छ भन्ने थाह लाग्छ । हामी मानवहरू प्रेम,जीवन र वंशजमध्ये वंशजलाई महत्व दिन्छौं किनकी वंशज भनेको फल हो, सृष्टिको निरन्तरता यसै गरि चल्दै आइरहेको छ। जब हामी मानिसहरू खुशी हुन्छौ हामी त्यो बाढ्न खुशी बाढ्नका लागि विभिन्न उत्सव गर्न चाहन्छौ।

अहिले नेपालीहरू संसारभर पुगेका छन् परिवारमा जब नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउनेबित्तिकै नेपाली परम्मपराको दही चिउरा खुवाउने प्रचलनलाई पश्चिमी मुलुकमा गरिने Baby Shower जस्तै गरि मनाउन थालेका छन् । गीतकार दुर्गा खनालले जब नेपाली डान्स डाइरेक्टरकोमा पुगेको समयमा वेवी शावरको केही नृत्य तयारी गर्न आएका दिदी बहिनीहरू र नृत्य निर्देशकको कुरा सुनिन् जिज्ञासा उत्पन्न भयो उनले सोधिन्, नेपालीमा कुनै गीत छैन यसका लागि ? उनले त्यस्तो गीत नभएको थाह पाइन् । त्यहाँ Baby Shower का लागि अरू नै भाषाको गीतको बाेलमा नृत्य तयारी गरेको देखेपछि उनले यो गीत तयार पारेको बताउँछिन। अब यस गीतले Baby Shower को उत्सवलाई अझ रमाइलो र उल्लासमय बनाउने छ ।

दुर्गा खनाल घिमिरेको यस गीतमा स्वर प्रताप दास र मिलन नेवार अमात्यको रहेकाे छ । म्युजिक एरेंज र कम्पोज हेम लामाले गरेका छन् भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले विवेक साउण्ड स्टुडियोमा गरेका हुन् । यस गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह, कलाकारहरू आयुश रिजाल,अन्जली अधिकारी, रश्मी भट्ट ,कमलकान्त मैनाली रहेका छन् भने सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा, ईडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहेका छन् । यस गीतको प्रोडक्सन D4 Creation ले र निर्देशक गम्भीर विष्टले गरेका हुन् ।

Baby Shower song भए पनि विदेशमा बस्ने नेपालीलाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न समेत पाउने गरि यस विवाहमा परिवारको मूल्यमान्यतालाई जोड दिँदै माइतीको आगनमा नाच्ने खेल्ने गरेको अवस्थादेखि पराइघर जाँदै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्नेबेला सम्मलाई समेटेर भिडियो तयार गरिरहेको छ । नवआगन्तुक बच्चाको आगमनमा दम्पतीलाई शुभकामना दिँदै बच्चालाई समेत स्वागत गरिएको छ ।

आफूले म्युजिक तयार गरेको यस वेवी शावर गीत सम्भवतः नेपालको पहिलो Baby Shower गीत भएको र आफूले यो गीतमा संगीत भर्न पाउँदा ज्यादै खुशी लागेको बताउँछन् म्युजिसियन हेम लामा । दुर्गा खनाल घिमिरेका अन्य गीतहरू पशुपतिमा सुनको गजुर, मौनतामा, नेपालकी छोरी, परदेशीको तिहार जस्ता थुप्रै Music भिडियो D4 creation Youtube channel मा हर्न र सुन्न पाईन्छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:-