१२ श्रावण २०८३, मंगलवार
,
Latest
नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका ३० उत्कृष्ट शिक्षक सम्मानित



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लाबाट विभिन्न तहमा उत्कृष्ट कार्य सम्पादन गर्ने ३० जना शिक्षकलाई विशेष सम्मान प्रदान गरिएको छ।

शिक्षा विकास निर्देशनालयद्वारा सञ्चालित ‘उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम’ अन्तर्गत ती शिक्षकहरूलाई प्रदेशस्तरमा सम्मान गरिएको हो। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले हरेक जिल्लाबाट तीन–तीन जना शिक्षक छनोट गरिएको जानकारी दिनुभयो।

“प्रत्येक जिल्लाबाट प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी एक–एक जना शिक्षक सिफारिस गरिएका हुन्,” मन्त्री भण्डारीले भने, “छनोट मापदण्डअनुसार कम्तीमा एक महिला शिक्षक अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको थियो।”

शिक्षा निर्देशनालयका अनुसार छनोट प्रक्रिया विद्यालयको शैक्षिक प्रदर्शनमा आधारित थियो। कक्षा ५, ८ र एसईई तहमा उच्च सिकाइ उपलब्धि हासिल गरेका र विगत तीन शैक्षिक सत्र (२०७९, ०८० र ०८१) मा निरन्तर उत्कृष्ट नतिजा देखाएका शिक्षकलाई प्राथमिकतामा राखिएको थियो। साथै, एउटै स्थानीय तहबाट अधिकतम एक मात्र शिक्षक सिफारिस हुन सक्ने प्रावधान पनि लागू गरिएको थियो।

सम्मानका लागि शिक्षकले कम्तीमा पाँच वर्ष स्थायी रूपमा सेवा गरिरहेको हुनुपर्ने, विगतमा कुनै सरकारी वा संस्थागत पुरस्कार नपाएको, स्व–घोषणासहित विद्यालय तथा पालिकाको सिफारिस प्राप्त गरेको र शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ अनुसार कुनै विभागीय कारबाही नपाएको हुनुपर्ने शर्तहरू तोकिएको थियो।

शिक्षा विकास निर्देशनालयका अनुसार, यो कार्यक्रम शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्याउने शिक्षकहरूको मनोबल बढाउने उद्देश्यले ल्याइएको हो। यस्ता सम्मानले अरू शिक्षकहरूलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ।