२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडमा भएको चलखेल क्षम्य छैनः शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको बताउनु भयो ।  संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अक्षम्य अपराध भएको बताउनु भयो ।

गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी  व्यवस्था गरीएको छ । यसको चौतर्फि आलोचना भइरहेको छ ।

सांसद कोईरालाले भन्नुभयो, ‘राजनीति केही छँदै छैन भनेपनि हुन्छ । हामी कति गन्धा खेल खेलिरहेका रहेछौँ भने तपाईंको संसदको समितिबाट सर्वसम्मतबाट पास हुन्छ । संसदमा आउँदा त्यहाँ हेरफेर हुन्छ । त्यो त सरासर भन्नुपर्दा अपराधिक काम हो । को दोषी हो त्यो भन्न सकिँदैन । तर जो पनि दोषी हुन्, तिनीहरुलाई कुनै पनि हालतले क्षम्य गर्न हुँदैन । यसरी गर्न थालियो भने देश कता जान्छ ? हामीले राजनीतिक गरिरहेका छैनौँ । राजनीति गर्ने क्रममा अलिकति पनि निष्ठावान भएको भए यस्तो काम हुँदैन थिए । गल्ती होइन यो अपराध हो । यो अपराध हो । संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, त्यसपछि टोलमटोल गर्ने । जसले गरेको भएपनि त्यो क्षम्य हुन सक्दैन । हामी त्यस अवस्थामा सांसदहरु छन् । हाम्रा पनि कमी कमजोरी छन् । हामी पढ्ने बानी त राख्दैनौँ । बाँड्ने क्रममा थपिएको हो की ।’

सांसद कोईरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको बताउनु भयो । अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालाई ठिक बनाउन राजनीति नै सबैको गुरु भएको बताउनु भयो । नेपालका राजनीतिज्ञहरु नै ठिक नभएको बताउँदै राजनीति ठिक हुनु जरुरी रहेको बताउनु भयो ।