१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडमा शब्दको चलखेलः राप्रपाले माग्यो समिति सभापतिको राजीनामा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ ।

सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गर्नुभएको हो । उहाँले यो जघन्य अपराध भएको बताउँदै यसले देशलाई फाइदा नहुने बताउनु भयो । उहाँले सांसदहरुको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्य विरुद्धको कसुर भएको जिकिर गर्नुभयो । कर्मचारीले यो हर्कत गरेका हुन् भने राज्यविरुद्धको कसुर लगाएर अपराध गर्नेलाई सजाय हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो जघन्य अपराध हो । यसको छानविन होस् । कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दछ । यो त राज्य अपराध हो । सांसदहरुको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्य विरुद्धको कसुर जस्तै हो । समितिका सभापतिले आफूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । कर्मचारीले यो हर्कत गरेका हुन् भने राज्यविरुद्धको कसुर लगाएर अपराध गर्नेलाई सजाय हुनुपर्छ । राज्यको नियम बनाउने कुरामा यस्तो हुँदैन ।’

सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो । यो प्रवन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो । समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ ।