९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुनचाँदी व्यवसायीहरुले आज पनि गरे राजधानीमा प्रदर्शन

सुनचाँदी व्यवसायीहरुले आज पनि गरे राजधानीमा प्रदर्शन
अ अ+ अ-

काठमाडौँ । सुनचाँदी व्यवसायीहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरे ।

व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरुले माग गरेका छन् । प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाए । प्रदर्शनका क्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अव्यवहारिक भएको बताउनु भयो । उहाँले विलासिलता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।

अध्यक्ष बज्राचार्यले भन्नुभयो– ‘सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अनुचित हो । विलासिलता कर र रत्नआभूषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन रोकिँदैन । यो माग आम व्यवसायीको मात्रै नभएर आम उपभोक्ताको पनि हो । उनीहरुको हितका लागि हामीले आन्दोलन गर्नुपरिरहेको छ । माग पूरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ ।’

देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोप समेत उहाँले लगाउनु भयो ।  उहाँकाअनुसार सरकारले सुनचाँदीमा विलाशिलता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्नेछ । सुनमा २ प्रतिशत र हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाइनु गलत हो ।  नेपाल र बाहिरी मुलुकमा तोलामा २०/२५ हजार नै सुनको भाउमा फरक छ । त्यो फरक पारिनु सरकारको कमजोरी हो । सरकारले मुलुक बाहिर र मुलुक भित्र सुनको भाउ समान बनाउन लाग्नुपर्छ ।