३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेटे मुख्य प्रशिक्षकमा ढुंगेल



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई  मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन् । १३ औं सागमा नेपालले १ रजत ४ कांस्य पदक जितेको थियो ।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए । अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ ।