१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गयोः श्रमममन्त्री भण्डारी



अ+ अ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताउनु भयो । पुँजीबजार गुञ्जायमान हुन नसकेको बताउँदै उद्योगमन्त्री भण्डारीले नेपालको श्रम बजार पनि अपेक्षा गरेको श्रम बजार बन्न नसकेको बताउनु भयो ।

नेपालको श्रम बजार नेपालीले भन्दा अरुले नै आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको बताउनु भयो । नेपालको श्रम बजारले खोजिरहेको कुरा शिक्षा प्रणालीले दिन नसकेको बताउनु भयो । श्रम बजारमा रहेका समस्याको समाधान गर्न सरकार लागिरहेको बताउनु भयो । नेपाली श्रम बजार नेपालीहरु र नेपाली सीपको श्रम बजार बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज नेपालको श्रम र पुँजीबजार संकुचनमा छ । पुँजीबजार गुञ्जायमान हुन सकेन । त्यसैगरी नेपालको श्रम बजार पनि हामीले अपेक्षा गरेको श्रम बजार बन्न सकेन । श्रम बजार हेर्ने हो भने आज नेपालीले भन्दा अन्तैले श्रम बजार आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको छ । यो किन त ? यो हाम्रो पाठ्यक्रमले । नेपालको श्रम बजारले जे कुरा खोजिरहेको छ, हाम्रो शिक्षा प्रणालीले त्यो भन्दा फरक खालको उत्पादन गरिरहेको छ । आज एक जना दक्ष युवा जसले आफ्नो जिन्दगीका झन्डै २० वर्ष शिक्षामा लगानी गरेको हुन्छ, आमा बुबाले गाँस काटेर मेरो जस्तो कष्टकर जीवन मेरो सन्तानको नहोस् भनेर लगानी गरेको हुन्छ, उच्च तहको शिक्षा आर्जन गर्दछ, त्यति धेरै लगानी र आफ्ना जीवनका वर्ष कट्दा पनि आफ्नो विवेक प्रयोग गर्न सक्दैनौँ । श्रम बजारमा रहेका समस्याको समाधान गर्नुपर्नेछ । नेपालीहरुको श्रम बजार बन्नुपर्नेछ । नेपाली सीपको श्रम बजार बन्नुपर्नेछ । नेपालको श्रमको बजार बन्नुपर्नेछ ।’

मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पढ्दै कमाउँदै भन्ने नयाँ कार्यक्रम ल्याएको बताउनु भयो ।