१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्नेछुः प्रश्तावित न्याय परिषद् सदस्य नेपाल



अ+ अ-

काठमाडौँ । न्याय परिषद् सदस्य पदमा सिफारिस महेशकुमार नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा माननीय न्यायाधीशहरुको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्ने बताउनु भयो । उहाँले संविधान र कानूनको निष्पक्षतापूर्वक पालना गर्ने बताउनु भयो । संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिवद्ध रहने विश्वास व्यक्त गर्नुभयो । आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार नगर्ने बताउनु भयो । संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशिल रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा माननीय न्यायाधीशहरुको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्ने व्यहोरा समेत जानकारी गराउँछु । संविधान र कानूनको निष्पक्षतापूर्वक पालना गर्नेछु । संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिवद्ध रहनेछु । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढिकरणमा सतप्रयत्नशिल रहनेछु । आफूले सम्पादन गरेको कार्यको उत्तरदायित्व र जवाफदेहिता सदैव ग्रहण गर्नेछु । आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार गर्नेछैन । संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशिल रहनेछु । निष्पक्ष र पारदर्शी न्यायालय स्थापनाका लागि निरन्तर प्रयत्नशिल रहनेछु । न्यायिक अनुशासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिका लागि प्रयत्नशिल रहनेछु ।’

प्रश्तावित सदस्य नेपालले न्यायपालिकाको गरिमा अभिवृद्धि गर्दै न्याय र कानून क्षेत्रमा कार्यगत व्यक्तिहरु तथा न्यायाधीश समेतको कर्तव्य र दायित्व रहे पनि न्याय सम्पादन र मुल जिम्मेवारी प्रधानन्यायाधीशमा रहने हुँदा व्यक्तिगत रुपमा प्रधानन्यायाधीशलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । न्यायपालिकाको छवि अभिवृद्धि गर्न आफू लागिपर्ने बताउनु भयो ।