२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित



अ+ अ-

जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, 'बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ।'

अधिकारीहरूले तीन शवको पहिचान गर्न काम गरिरहेका छन् भने बाँकीको पहिचान भइसकेको छ, मुहारीले भने । उद्धारकर्ताहरूले तीनवटा डुङ्गा प्रयोग गरेर बाढी प्रभावितहरूलाई उनीहरूको घरबाट बाहिर निकालिरहेका थिए । शुक्रबार बिहान पनि हल्का पानी परेको र बाढी क्रमशः कम भए पनि अझै अवरोध कायमै छ । (रासस-सिन्ह्वा)