२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा १४ मन्त्रालयको छलफल सम्पन्न



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत आज विभिन्न १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ ।

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको थियो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अर्को बैठकमा भौतिक पूर्वाधार तथा यातायात, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, कृषि तथा पशुपक्षी, गृह र रक्षा मन्त्रालय, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं राष्ट्रिय योजना आयोगको सचिवालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने जानकारी दिनुभयो ।

सोही बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी, सहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने अध्यक्ष दाहालले जानकारी गराउनभुयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते मङ्गलबार १२ः१५ बजे बस्नेछ ।