२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटर(एक्स)पेजमार्फत आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले धान बालीलगायतका कृषि उपजमा आत्मनिर्भर बन्नका लागि दिगो कृषिप्रणालीको विकास हाम्रो साझा लक्ष्य हुनुपर्ने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

जलवायु परिवर्तन, बढ्दो सहरीकरण र कृषि जनशक्तिको न्यूनताजस्ता चुनौतीका बाबजुद् कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, उन्नत बीउबिजनको व्यवस्था, बजारको पहुँच र किसानलाई आत्मसम्मानसहितको जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न राज्य, निर्माता र सम्बद्ध सबै पक्षको अझ बढी ध्यान जान आवश्यक रहेको उहाँले बताउनुभयो ।

“धान, हाम्रो सभ्यता, संस्कार आत्मनिर्भरतासँग जोडिएको प्रमुख अन्नबाली हो । धान दिवस किसानको श्रम, प्रकृतिप्रतिको आस्था र समृद्धिको यात्राप्रतिको सामूहिक सङ्कल्पको प्रतीक हो । यस अवसरमा खेतबारीमा दिनरात खटेर अन्न उत्पादन गर्ने मेहनति किसान दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक सम्मान प्रकट गर्दछु,” पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।