१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा



अ+ अ-

काभ्रेपलाञ्चोक । गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्यूपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।

बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छ्याउन ठूला बोल्डर ‘स्ट्याण्डबाई’ राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनःनिर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५÷१५ वटा उपकरणका साथै डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जीनियर सुमन योगेशले बताउनुभयो ।

नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनःनिर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो ।

योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनःनिर्माण हुने सडकमध्ये डालाबँेसीदेखि चार सय बेँसीसम्मको साडे आठ किमीका लागि खानी-कमलजीत-एवान जेभी छनोट भएको छ । उक्त सडकखण्ड पुनःनिर्माण गर्न निर्माण व्यवसायीसँग रु एक अर्ब ४२ करोड कबोल भएको जनाइएको छ । काभ्रेपलाञ्चोकतर्फको चार सय बँेसीदेखि भकुण्डेबेँसीसम्मको ११ किमी सडक पुनःनिर्माणका लागि भने प्राविधिक मूल्याङ्कनको काम भइरहेको योगेशले बताउनुभयो ।

यस्तै काभ्रेपलाञ्चोकतर्फकै बर्षेखोलादेखि डालाबेँसीसम्मको साढे पाँच किमी सडकखण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० र नेपाल सरकारले पुनःनिर्माण गर्ने भएका छन् । उक्त तीन दशमलव दुई किमी जाइकाले र दुई दशमलव तीन किमी सडक नेपाल सरकारले पुनःनिर्माण गर्ने जनाइएको छ । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकदेखि बर्षेखोलासम्मको चार किमी सडक भने सम्झौताका चरणमा रहेको छ ।

क्षतिग्रस्त सडक नेपाल सरकारबाट रु आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि रु एक अर्ब बजेट सुनिश्चितता भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनःनिर्माणको काम सुरु हुँदैन । भकुण्डेबेँसीदेखि नेपाल थोकसम्मको पुनःनिर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाइने छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक० निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस