१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताउनु भयो । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर गर्नुभयो । न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून व्यवसायीहरुले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ । तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरु आउनसक्छन् । धम्की आउनसक्छन् । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ । कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भुमिका हुन्छ ।’

उहाँले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने बताउनु भयो । संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गर्नुभयो ।