१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारण खर्चमा नभई पुँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरीः सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले साधारण खर्चका लागि आन्तरिक ऋण लिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । तलब, भत्ता, प्रशासनिक खर्चजस्ता निरन्तर दोहोरिने खर्चमा ऋण प्रयोग हुनु अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम उहाँको भनाइ छ । उहाँले  सरकारलाई खर्चको प्राथमिकता पुनःसंरचना गर्न र ऋणको सदुपयोग सुनिश्चित गर्न आग्रह गर्नुभयो । उहाँले साधारण खर्चमा नभई पूँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हरेक वर्ष आन्तरिक ऋणको आकार बढ्दैछ । आन्तरिक ऋण लिनुपनि पर्छ । तर के का लागि लिने ? किन लिने ? भन्ने विषयमा सरकार गम्भिर हुनुपर्ने आवश्यकता छ । हाम्रो जुन खर्चको आकार बढ्दैछ । साधारण खर्च ठुलो छ । त्यो साधारण खर्चको लागि आन्तरिक ऋण लिँदै जाने हो र त्यसको आकार बढाउँदै जाने हो भने यो दिगो हुँदैन । यसको लागि आउने दिनमा हामीले गम्भिर रुपमा समिक्षा गर्नुपर्छ । अहिले नै हेर्ने हो भने हाम्रो आन्तरिक ऋणको ठूलो हिस्सा साधारण खर्चमा गइरहेको छ ।  तलबभत्ता लगायतका कुराको लागि हामीले ऋण उठाइरहेका छौँ । अहिले हाम्रो बाह्यभन्दा आन्तरिक ऋण बढिरहेको छ । यसतर्फ सरकारको गम्भिर ध्यान जानुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले ऋणको सदुपयोग गर्ने सवालमा सरकार गम्भिर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले साधारण खर्चको लागि पनि जम्मै पैसा सरकारले लिएपछि निजी क्षेत्रले के पाउँछ ? उहाँको प्रश्न छ । हरेक वर्ष बजेट निर्माणको क्रममा ठुलो ब्याजदरमा आन्तरिक ऋण लिँदै जाने हो भने अर्थतन्त्र र उत्पादनमा गम्भिर प्रभाव पर्ने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले पूँजी निर्माण गर्ने उत्पादन दिने कुरामा मात्र आन्तरिक वा बाह्य ऋणको प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजको समस्या गम्भिर बन्दै गएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।