१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समिक्षा र एलिनाको अभियान प्रशंसनियः दिपक राज गिरी



अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्देशक दिपक राज गिरीले गायिकाहरु समीक्षा अधिकारी र एलिना चौहानको अभियानलार्ई साथ दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा पोष्ट गर्दै निर्देशक गिरीले उनीहरुको साहसको प्रसंसा गरेका हुन् ।

उनले भनेका छन्, ‘तिमिहरूले सामाजिक संजालमै उनिहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिय छ ! दूबै जनालाइ शुभकामना !’

समिक्षा र एलिनाले सामाजिक सञ्जालमा आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्दै आएका छन् ।

दिपक राज गिरीले यस्तो लेखेका छन्:

यी दुइटै गायीका मलाइ मन पर्ने गायीका हुन् !
त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ!
सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर
उनिले परिस्थिति संग घूंडा टेकिनन र लड्दै आइन
त्यस्कै फलस्वरूप आज यॉहा पुगिन्!
सामाजिक संजाल कस्तो छ?
आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ …..
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन , चरित्र खराव,
देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ….
आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने
देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा , भन्ने जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गॉउ देखि आएर संघर्ष गरेर , भोकभोकै बसेर संघर्ष गरेर , हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि
गाली गलौच गर्यो अनेकथरि लान्छना लगायो बस्यो!
यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो
चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक?
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न?
को चाहन्छ खराब होस , तर भैदिन सक्छ कहिलेकाहि!
को छ यहॉ कमजोरी बिहिन मान्छे ?
एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !
यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिशहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरी ?
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरू लाइ
तिमिहरूले सामाजिक संजालमै उनिहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ ! दूबै जनालाइ शुभकामना !
जय नेपाल !!