१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीको प्रलोभन देखाएर ठगी



अ+ अ-

कञ्चनपुर। सुनसरीका शिव अनुज कौडाल एक महिना अघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुग्नुभयो । राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुग्नुभएका उहाँ काम गर्नुको सट्टा बन्धक हुनुभयो ।

सुरुआतमा काम गर्नुपूर्व दश दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट रु ४० हजार मागियो । प्रशिक्षणको नाममा कोठाभित्रै थुनियो । कतैजान दिइएन ।

“आफन्त साथीभाइहरुले नै राम्रो काम पाइन्छ भनेर भनेपछि त्यहाँ पुगेको थिए, त्यहाँ पुगेपछि काम गर्नुको साटो अन्य व्यक्तिलाई फसाउन प्रयोग गरियो”, भारतबाट उद्धार गरिएपछि महेन्द्रनगर आइपुग्नुभएका कौडालले भन्नुभयो–“हामीलाई बन्धक बनाइयो ,उनीहरुको भनेको नमाने कुटाइ खानु पथ्र्यो ।

हाम्रो मोबाइल फोन प्रयोग गरेर उनीहरुले अन्य नेपालीलाई पनि फसाउने काम गर्थे ।” आफु जस्तै रोजगारीका लागि भारत पुगेका अन्य नेपाली अझै बन्धक रहेका उहाँले बताउनुभयो ।

आफ्नै काकाले राम्रो रोजगारीको आश देखाएपछि भारतको काशीपुर पुग्नुभएका इलामको माई नगरपालिका–८ का सौगातलाई पनि बन्धक बनाइयो । “काकाको सहयोगमा भारत पुगेको थिए, त्यहाँ पुगेपछि मलाई  काकालाई भेट्न दिइएन,” उहाँले भन्नुभयो ।

काम गर्नुभन्दा पहिला दश दिन प्रशिक्षण लिनुपर्ने भन्दै  रु ५० हजार रकम असुलेको उहाँले बताउनुभयोे । “कहिँ कतै जान दिइएन, मेरो फोन पनि उनीहरुले नै जफत गरे,” उहाँले भन्नुभयो ।

केही महिनाअघि ताप्लेजुङका सोम लिम्बुको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरु त्यहाँ बन्दक भएको घटना बाहिर आएको थियोे । त्यसपछि नेपाली दूतावास, भारतीय प्रहरीलगायतको पहलमा नौँ  नौबालकसहित ५७ जनाको उद्दार गरिएको हो ।

यसरी आकर्षक रोजगारीको प्रलोभनमा भारतमा बोलाइ बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ नेपालीको उद्धार गरी नेपाल ल्याइएको थियो । भारतबाट उद्धार गरिएकामा चितवनका दश जना, कैलालीका नौ, सुनसरीका पाँच तथा उदयपुर, तेह्रथुमका र पाँचथरका चार÷चार, दाङ, स्याङजा र बाँकेका तीन÷तीन तथा ताप्लेजुङ, डोटी र धादिङका दुई÷दुई जना तथा सर्लाही, कास्की, रुकुम,बागलुङ, इलाम र रुपन्देहीका एक÷एक जना रहेका छन ।

भारतबाट उद्धार गरी बुधबार कञ्चनपुर ल्याइएका सबैलाई आ–आफ्नो घर पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । उद्धार गरिएकालाई बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुदै यहाँ ल्याइएको थियो । रासस




भर्खरै