११ श्रावण २०८३, सोमबार
,
Latest
दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न आज संघीय संसदका तीन समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईरान–इजरायल युद्धविरामपछि स्थिति शान्त हुँदै



अ+ अ-

एजेन्सी । ईरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘सफल रूपमा अघि बढिरहेको’ टिप्पणी गरेका छन् । उनको भनाइअनुसार अमेरिकी आक्रमणहरूले ईरानको आणविक क्षमतामा गहिरो क्षति पु¥याएको र ‘दशकौं पछाडि धकेलेको’ दाबी गरिएको छ ।

तर अमेरिकी गुप्तचर विवरणहरूले ती आक्रमणहरूबाट ईरानको सबै सञ्चालित केन्द्रीय उपकरणहरू पूर्णरूपमा नष्ट नभएको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार केही भूमिगत आणविक भवनहरू अझै सुरक्षित रहेका छन्, जसका कारण कार्यक्रम केही महिना मात्रै पछि धकेलिएको हो ।
यता इजरायली सेनाले ईरानको आणविक पूर्वाधारमा ‘महत्त्वपूर्ण क्षति’ पु¥याएको दाबी गर्दै उक्त अभियानले केही वर्षसम्मको ढिलाइ गराएको विश्वास व्यक्त गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘ऐतिहासिक विजय’ भनेका छन् ।

ईरानका राष्ट्रपति मसउद पेसेश्कियानले शान्तिपूर्ण रूपमा परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको अधिकार सुरक्षित रहने बताए । साथै, युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्काउने प्रक्रिया सुरु गरिएको साइबर शाखाले जनाएको छ ।

ईरानले युद्धमा ज्यान गुमाएका वरिष्ठ सैन्य अधिकृत र वैज्ञानिकहरूको सम्मानमा शनिबार राजकीय अन्त्येष्टि गर्ने तयारी गरेको छ । पहिलो दिनै इजरायली कारबाहीमा ज्यान गुमाएका क्रान्तिकारी गाड्र्सका प्रमुख होसेइन सलामीलाई बिहीबार अन्त्येष्टि गरिनेछ ।

ईरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ६१० जना सर्वसाधारणको मृत्यु भएको छ भने इजरायली पक्षका अनुसार ईरानी आक्रमणबाट २८ जनाको ज्यान गएको छ ।

यता, इजरायलले ईरानको केन्द्रीय बैंकलाई आतङ्कको आर्थिक स्रोतको रूपमा औपचारिकरूपमा घोषणा गर्दै ‘मध्यपूर्वमा आतंकवादलाई प्रोत्साहन गर्ने प्रणाली’ को रूपमा दोष लगाएको छ ।

यसैबीच, ईरानी संसदले अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियामक संस्था (आइएइए) सँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ, जुन कानुनी रूपमा लागू हुनका लागि संरक्षक परिषद्को अनुमोदन आवश्यक हुनेछ ।