१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस स्टार नाेभाक पनि काेविड संक्रमित



अ+ अ-

बेलग्रेडः विश्व वरियतामा नं. १ टेनिस खेलाडी नाेभाक जाेकाेभिक पनि काेराेना पाेजेटिभ भएका छन् । बेलग्रेडमा गरिएकाे परीक्षणमा सर्बियाली खेलाडी नाेभाक काेराेना संक्रमित भएकाे पुष्टि भएकाे हाे । 

३३ वर्षीय नाेभाकले मंगलबार जारी गरेकाे वक्तव्यमा बेलग्रेडमा परीक्षण गर्दा आफूमा काेराेना देखिएकाे उल्लेख छ । तर उनले आफूमा काेराेनाकाे कुनै लक्षण नदेखिएकाे बताएका छन् । परीक्षण गर्दा पत्नी जेलेनामा पाेजेटिभ देखिए पनि बालबच्चामा नदेखिएकाे वक्तव्यमा भनिएकाे छ ।

उनले आफू अब १४ दिन स्व आइसाेलेसनमा बस्ने घाेषणा गरेका छन् । उनकाे पाँच दिनपछि दाेस्राे परीक्षण हुनेछ ।