४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

आज दिनभर बयान र थुनछेकको आदेश पछि अदालतले धरौटी माग गर्ने आदेश सुनाएको हो।

दिउँसो भएको बहसमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।

आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहसगरेका थिए ।

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।