२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर ऐरीले दिए प्रहरीबाट राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलिका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् ।

प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केहि दिन पहिले राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्विकृत भइसकेको छ । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।

चीनमा सम्पन्न १९ औं एसियन गेन्समा क्रिकेटको टि–ट्वान्टीतर्फ विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष प्रभाव पाएका थिए ।