५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समिति माओवादीको मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्चः प्रवक्ता झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणबारे गठित उच्चस्तरीय छानविन समितिलाई अस्वीकार गर्ने बताएका छन् ।

छानबिन समितिलाई दिइएका कार्यादेशमा भिजिट भिषाको दुरुपयोग गर्दै गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि कुनै बुँदा समावेश नगरिएको भन्दै प्रवक्ता झाले आपत्ति समेत जनाए ।

उक्त समिति प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) को मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्च मात्र रहेको झाले टिप्पणी गरे ।

उनले भनेका छन् – छानबिन समितिलाई दिइएका कार्यादेशमा भिजिट भिषाको दुरुपयोग गर्दै गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि कुनै बुदा राखिएको छैन ।

तसर्थ यो समिति माओवादीको मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्च मात्र हो । तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टी यो टालटुले समिति अस्विकार गर्छ ।

हाम्रो आन्दोलन जारी छ । रास्वपा एक्लै भारी छ ।