११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समिति माओवादीको मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्चः प्रवक्ता झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणबारे गठित उच्चस्तरीय छानविन समितिलाई अस्वीकार गर्ने बताएका छन् ।

छानबिन समितिलाई दिइएका कार्यादेशमा भिजिट भिषाको दुरुपयोग गर्दै गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि कुनै बुँदा समावेश नगरिएको भन्दै प्रवक्ता झाले आपत्ति समेत जनाए ।

उक्त समिति प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) को मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्च मात्र रहेको झाले टिप्पणी गरे ।

उनले भनेका छन् – छानबिन समितिलाई दिइएका कार्यादेशमा भिजिट भिषाको दुरुपयोग गर्दै गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि कुनै बुदा राखिएको छैन ।

तसर्थ यो समिति माओवादीको मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्च मात्र हो । तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टी यो टालटुले समिति अस्विकार गर्छ ।

हाम्रो आन्दोलन जारी छ । रास्वपा एक्लै भारी छ ।