१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको दाबी: इरान र इजरायलबीच पूर्ण युद्ध विराममा सहमति भयो



(Photo/Alex Brandon)
अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराममा सहमति भएको घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत “पूर्ण र सम्पूर्ण” युद्धविराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका दाबी गरेका हुन् । दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४ घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने उनको भनाइ छ ।

यद्यपि, हालसम्म इजरायल र इरान दुवैले भने यसको आधिकारिक पुष्टि गरेका छैनन् ।

यसअघि सोमबार इरानले कतारस्थित अ‍ेमरिकी सैन्य बेसमा आक्रमण गरेको थियो । आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।