२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० वर्षपछि लिभरपुलको हातमा ‘इंग्लिस प्रिमियर लिग’



अ+ अ-

लन्डन । लिभरपुलको इंग्लिस प्रिमियर लिग जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी चेल्सीको हातबाट २–१ ले पराजित भएपछि लिभरपुलले उपाधि जित्ने तय भएको हो ।

स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटी पराजित भएपछि लिभरपुलले लिग तालिकाका २३ अंकको उछिन्न नसकिने अग्रता कायम भएको थियो । लिभरपुलले अन्तिम पटक सन् १९८९–१९९० मा लिग जितेको थियो र त्यति बेला यो पुरानो पहिलो डिभिजन थियो । त्यसयता लिभरपुलको लिगमा भाग्य अस्ताएका थियो ।

त्यसबीच म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी शक्तिका रूपमा अगाडि आएका थिए । व्यवस्थापक योर्गन क्लोपको नेतृत्वमा लिभरपुलले फेरि लिगमा आफ्नो बलियो उपस्थिति देखाउन थालेको थियो । गत सिजन दोस्रो स्थानमा रहेको लिभरपुलले उपाधि जितेको यो १९ औं हो र यससँग यससँग लिभरपुल म्यानचेस्टर युनाइटेडले जितेको २० लिग उपाधिको नजिक पनि पुगेको छ ।

लन्डनमा भएको खेलमा चेल्सीलाई जित दिलाउन विलियनले ७८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । यसअघि चेल्सीले क्रिस्टियन पुलिसिचको गोलले ३६ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका तर्फबाट केभिन डे ब्रुनले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । अब लिगमा लिभरपुलको अर्को खेल म्यानचेस्टर सिटीविरुद्ध नै रहेको छ ।