१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० वर्षपछि लिभरपुलको हातमा ‘इंग्लिस प्रिमियर लिग’



अ+ अ-

लन्डन । लिभरपुलको इंग्लिस प्रिमियर लिग जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी चेल्सीको हातबाट २–१ ले पराजित भएपछि लिभरपुलले उपाधि जित्ने तय भएको हो ।

स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटी पराजित भएपछि लिभरपुलले लिग तालिकाका २३ अंकको उछिन्न नसकिने अग्रता कायम भएको थियो । लिभरपुलले अन्तिम पटक सन् १९८९–१९९० मा लिग जितेको थियो र त्यति बेला यो पुरानो पहिलो डिभिजन थियो । त्यसयता लिभरपुलको लिगमा भाग्य अस्ताएका थियो ।

त्यसबीच म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी शक्तिका रूपमा अगाडि आएका थिए । व्यवस्थापक योर्गन क्लोपको नेतृत्वमा लिभरपुलले फेरि लिगमा आफ्नो बलियो उपस्थिति देखाउन थालेको थियो । गत सिजन दोस्रो स्थानमा रहेको लिभरपुलले उपाधि जितेको यो १९ औं हो र यससँग यससँग लिभरपुल म्यानचेस्टर युनाइटेडले जितेको २० लिग उपाधिको नजिक पनि पुगेको छ ।

लन्डनमा भएको खेलमा चेल्सीलाई जित दिलाउन विलियनले ७८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । यसअघि चेल्सीले क्रिस्टियन पुलिसिचको गोलले ३६ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका तर्फबाट केभिन डे ब्रुनले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । अब लिगमा लिभरपुलको अर्को खेल म्यानचेस्टर सिटीविरुद्ध नै रहेको छ ।