२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छः महामन्त्री बर्तौला



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा अहिलेको संघीय धर्मनिरपेक्ष गणतन्त्र ब्यबस्था अझै लामो समय रहिरहने हो भने देश टाट पल्टिने बताएका छन् ।

पार्टी निकट मजदुरहरुको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले यो व्यवस्थाले भ्रष्टहरु मात्र उत्पादन गरेको भन्दै ब्यङ्ग गरे ।

गणतन्त्र लुटतन्त्रमा रुपान्तरण भएको यो व्यवस्था भ्रष्टाचारिहरुको संरक्षक भएको भन्दै उनले अब व्यवस्था र प्रणालीको परिवर्तन अत्यावश्यक भएकोमा जोड दिए ।

व्यवस्था परिवर्तन गर्न जनता उठ्नु पर्ने भन्दै बर्तौलाले मुलुकको ७५३ स्थानिय तहमा आन्दोलनको औचित्य र आवश्यकता बारे बहस छलफल हुने समेत बताए ।

‘हामी आन्दोलनको आन्तरिक तयारीमा जुट्नु छ , अनि एकै पटक मुलुकलाई जुरुक्क उठाउनु छ , यो अहिलेको प्रधान बिषय हो’ उनले थप स्पष्ट पारे । उनले थपे ‘कुशासन, मनपरितन्त्र , धर्मपरिबर्तन, बेरोजगारी, महङ्गी सबै कुरालाई टुलुटुलु हेरेर बस्ने होइन अब बिद्रोहको तयारी गर्ने हो ।’

कार्यक्रममा टुकोनका अध्यक्ष एवं राप्रपा नेपालका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले अबको आन्दोलनमा श्रमजीवी बर्गले अग्रभागमा रहेर नेतृत्व लिनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेताहरु डम्बर शिवाकोटी, राजेन्द्र लाखा , अजेलिया रन्जितकार, सङ्गिता लाखाजु लगायतले बोलेका थिए भने जेटयुसिसिका स्रोत व्यक्ति रामचन्द्र कार्किले प्रशिक्षण दिएका थिए ।