२८ मंसिर २०८२, आईतवार
,
Latest
कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलोत्तमामा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु



अ+ अ-

लुम्बिनी। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमसन अस्पतालले आजदेखि आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सेवा सुरु गरेको छ ।

अस्पतालमा आमा तथा नवजात शिशु कार्यक्रमसँगै अत्याधुनिक सुविधा सम्पन्न शल्यक्रिया कक्षको आज नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख खाणले नगर क्षेत्रका हरेक नवजात शिशु स्वस्थ भएर जन्मने गरी सेवा प्रदान गर्न गर्भवती परीक्षण निःशुल्क गरिएको जानकारी गराउनुभयो । उपप्रमुख जागेश्वर देवी चौधरीले अस्पतालमा थपिएका सेवा सुविधाले आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेले क्रिमसनलाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउन आवश्यक सेवा सुविधा थप्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले आमा तथा जवजात शिशु सुरक्षा कार्यक्रमबाट सुत्केरी सेवा र नवजात शिशुको उपचार निःशुल्क हुने उल्लेख गर्दै बिरामीले पाउने गुणस्तर उच्चस्तरको हुने जानकारी दिनुभयो ।

यस अस्पतालमा २४ सै घण्टा आकस्मिक उपचार सेवा, क्याथ ल्याब, आइसियु, एनआइसियु, न्युरो सर्जरी आइसियु, सिसियु, मिर्गाैला डायलासिस, सिटीस्क्यान, सिटिभिएस सर्जनरी (मुटु, छाति, ग्यास्ट्रोलोजी सेवा तथा नशा शल्य चिकित्सा) अत्याधुनिक प्रयोगशाला, इसिजी, डिजिटल एक्सरेलगायतका सेवा उपलब्ध छन् । रासस