२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहादुर शाहको २६९औँ जन्मजयन्तीमा नौजना सम्मानित



अ+ अ-

काठमाडौँ। बहादुर शाहको २६९औँ जन्मजयन्तीका अवसरमा नौ जनालाई सम्मान गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिकस्थल गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोकामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले विभिन्न क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

प्रा डा उत्तमकृष्ण कर्माचार्य, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहका खेमराज सेढाइँ, क्याप्टेन कुलबहादुर लिम्बू, साहित्यकार प्रा मुकुन्द आचार्य, अन्तरराष्टिय फूटबल खेलाडी विष्णुगोपाल श्रेष्ठ, १८ महापुराणका नेपाली भावानुवादक डा बद्री पोखरेल, समाजसेवी अनन्तप्रसाद धौभडेल, नेपाली सेनाका इञ्जिनीयर रथी अमर पन्त र गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले बहादुर शाहले नेपालको एकीकरणमा पुर्‍याउनुभएको योगदान बिर्सन नसकिने बताउनुभयो । शाहले १० वर्षमा नेपालको सीमा पश्चिममा काँगडासम्म विस्तार गर्नुभएको उहाँले जानकारी दिनुभयो । यस्ता योद्धाको स्मृतिमा प्रत्येक वर्ष कार्यक्रम गरिनुपर्नेमा नगर प्रमुख रिसालले जोड दिनुभयो ।

परिषद्का अध्यक्ष शङ्कर पौडेल, कार्यक्रम संयोजक पद्मराज सुवेदी र सहसंयोजकद्वय नानिकाजी गिरी र दिवाकरविक्रम शाहलगायतक व्यक्तित्वले बहादुर शाहले नेपालको एकीकरणमा पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै कार्यक्रम गरी स्रष्टा सम्मान गर्ने क्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभएको थियो । रासस