१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस् : मन्त्री भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली काम विशेषले एकछिन अनुपस्थित रहे पनि बैठकमा आउने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री अनुपस्थितिलाई लिएर नेकपाकै कतिपय नेताले ओली बैठकबाट भाग्न खोजेको आशंका व्यक्त गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले भने बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री काम विशेषले एकछिन अनुपस्थित रहे पनि यहीँ हुनुहुन्छ भन्ने ठान्न बताए ।

प्रधानमन्त्री ओलीले यसअघि पनि पार्टीको बैठकमा अनुपस्थिति जनाउने गरेका थिए । बैठकमा आफ्नो आलोचना हुने देखेपछि अनुपस्थित हुने गरेको नेताहरुको गुनासो छ ।

तर, मन्त्री भट्टराईले अध्यक्ष अनुपस्थित भए पनि बैठकमा उठेका प्रश्नहरुको उहाँले जवाफ दिने बताउँदै प्रधानमन्त्रीको बचाऊ गरे । ‘सबै छलफलहरुको बहस नोट लेखिन्छ । बहसनोटमा लेखिएका सबै कुराहरु दुबै अध्यक्षलाई रिपोटिङ हुन्छ । अन्तिममा अध्यक्षले जवाफ दिने क्रममा ती बहस नोटमा कुराहरुको जवाफ दिनुहुन्छ’ मन्त्री भट्टराईले संसदको उदाहरण दिँदै भने, ‘जस्तो– पार्लियामेन्टमा पनि सबै बेलामा प्रधानमन्त्री, मन्त्री जानुहुन्न, त्यहाँ बोलेका कुराहरुको जवाफ दिइन्छ नि । यसलाई त्यो ढंगले बुझ्नुपर्छ ।’