१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

तिनाउको बाढीमा फसेका युवकको उद्धार

तिनाउको बाढीमा फसेका युवकको उद्धार
अ अ+ अ-

भैरहवा। बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा बाढीमा फसेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलबाट खटिएको संयुक्त उद्धार टोलीले विकलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

पाल्पा र बुटवल क्षेत्रमा वर्षा भएपछि तिनाउ नदीमा पानीको बहाव एक्कासी बढेको थियो । सोही क्रममा दाउरा निकाल्न नदीमा पुगेका विक बाढीको बीच धारमा फसेका थिए ।

प्रहरीले वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले दाउरा सङ्कलन, पौडी खेल्न वा अन्य प्रयोजनका लागि नदीमा नजान तथा आवश्यक परे अत्यन्त सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।